विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन महाशाखा

  • देशको सर्वाङ्गीण विकास, दिगो विकास, प्राकृतिक स्रोतको व्यवस्थापन र वातावरण संरक्षणको अवधारणा अनुरूप वैज्ञानिक अध्ययन तथा अनुसन्धानका राष्ट्रिय प्राथमिकताहरू निर्धारण गरी योजनाबद्ध कार्यक्रमहरू सञ्चालन गर्ने।
  • तन्तु प्रविधि (Tissue Culture), वन, कृषि र खाद्यान्न, जडीबुटी प्रशोधन प्रणाली र पशु तथा मानव स्वास्थ्य प्रणाली समेतमा जैविक प्रविधिलाई प्रयोगमा ल्याउन निरन्तर रूपमा वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहन र विकास गर्ने।
  • वैज्ञानिक, अन्तरिक्ष विज्ञान (Space Technology) र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने/गराउने र यसको देशमा अधिकतम प्रयोगका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्ने।
  • देशमा अन्तरिक्ष प्रविधि केन्द्र एवम् अति सूक्ष्म (Nano) प्रविधि केन्द्रहरूको स्थापनाका लागि आवश्यक गृहकार्य, सम्भाव्यता अध्ययन र नीतिगत तयारीको थालनी गर्ने।
  • प्रविधिको क्षेत्रमा वैज्ञानिक अनुसन्धान तथा प्रयोगात्मक विकास (Research & Development) का लागि सहजकर्ता, प्रवर्द्धक तथा समन्वयकर्ताको भूमिका निर्वाह गर्ने र विज्ञान प्रविधिका विविध क्षेत्रमा निजी क्षेत्रको प्राविधिक सहभागिता प्रवर्द्धन गर्ने।
  • विज्ञान प्रविधि सम्बन्धी विश्वविद्यालयस्तरीय अध्ययन अध्यापनलाई प्राज्ञिक तथा व्यावहारिक अनुसन्धानसँग आबद्ध गर्न र अनुसन्धानमुखी शिक्षा प्रणालीलाई बढावा दिन समन्वयकारी भूमिका निर्वाह गर्ने।
  • प्रविधिसँग सम्बन्धित प्राविधिक तथा वैज्ञानिक शैक्षिक प्रतिष्ठानहरूमा गुणस्तरीय अनुसन्धानमूलक मापदण्ड कायम गर्नको लागि आवश्यक कार्य गर्ने।
  • विज्ञान प्रविधिका क्षेत्रमा उत्पादित दक्ष प्राविधिक तथा वैज्ञानिक जनशक्तिलाई राष्ट्र हित र देशका रणनीतिक विकासका क्षेत्रहरूमा प्रभावकारी रूपमा परिचालन गर्ने।
  • वैज्ञानिक तथा प्राविधिज्ञहरूको उच्च मनोबल कायम राख्ने र विदेशमा रहेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली वैज्ञानिकहरूलाई स्वदेशमा आकर्षित गर्न र प्रतिभा पलायन न्यूनीकरणका लागि उपयुक्त अनुसन्धानमूलक वातावरण सिर्जना गर्ने।
  • विज्ञान प्रविधिको प्रयोगबाट गुणस्तरीय निकासी योग्य वस्तुको उत्पादनलाई बढावा दिई आयात प्रतिस्थापन गर्न सहयोग पुर्याउने खालका प्रविधिहरूको अध्ययन र विकास गर्ने।
  • विज्ञान प्रविधि क्षेत्रको विकास र वैज्ञानिक पूर्वाधार निर्माण तथा प्रविधि हस्तान्तरणका लागि पहल गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको आदान-प्रदान गर्ने।
  • जैविक सुरक्षा (Bio-safety), जैविक निगरानी (Bio-surveillance) तथा जैविक नैतिकता (Bio-Ethics) जस्ता संवेदनशील वैज्ञानिक विषयहरूमा अधिकार, राष्ट्रिय निर्देशिका र मापदण्ड सुनिश्चित गर्ने।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला र विज्ञान सङ्ग्रहालयसम्बन्धी नीतिगत, प्राविधिक र समन्वयात्मक कार्यहरू सम्पादन गर्ने।
  • रेडियोधर्मी पदार्थ नियमन विभागको लागि मन्त्रालयको सम्पर्क बिन्दुको रुपमा कार्य गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार, विशिष्टीकृत प्राविधिक तालिम तथा वैज्ञानिक सम्मेलनहरूको आयोजना गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा देशको तर्फबाट प्रभावकारी सहभागीता जनाउने।
  • विज्ञान प्रविधिका क्षेत्रमा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सङ्घ-सङ्गठनहरू तथा वैज्ञानिक निकायहरूसँग आपसी सहयोग अभिवृद्धि गरी विश्वस्तरमा उपलब्ध वैज्ञानिक ज्ञान र सीपको अधिकतम उपयोग गर्ने।
  • अन्तरराष्ट्रिय आणविक उर्जा एजेन्सीसँगको सम्पर्क र समन्वयलाई प्रभावकारी, संस्थागत र व्यवस्थित बनाउन सचिवको निर्देशन बमोजिमका कार्यहरु गर्ने।
  • विज्ञान प्रविधि विषयक राष्ट्रिय तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षणको प्राविधिक मापदण्ड तयार गर्ने र राष्ट्रिय वैज्ञानिक सूचकहरू (National Scientific Indicators) अद्यावधिक राख्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा भएका नवीनतम खोज र वैज्ञानिक अनुसन्धानका नतिजाहरूबारे प्राज्ञिक क्षेत्र, उद्योग र सरोकारवालाहरूलाई नियमित सुसूचित गराउने संयन्त्रको विकास गर्ने।
  • देशका विभिन्न भौगोलिक स्थानहरूमा प्राज्ञिक तथा व्यावहारिक आवश्यकताका आधारमा विज्ञान प्रविधि अध्ययन केन्द्रको विकास तथा व्यवस्थापनमा सघाउ पुर्याउने।
  • देश भित्रका अनुसन्धान प्रयोगशालाहरूको मापदण्ड निर्धारण गरी अन्तरराष्ट्रियस्तरको बनाउने।
  • औद्योगिक, शैक्षिक क्षेत्र, अनुसन्धान केन्द्रमा प्रयोग हुने रासायनिक पदार्थहरूको सुरक्षित व्यवस्थापन, आयात र भण्डारणको प्राविधिक नियमन गर्ने।
  • देशमा नवप्रवर्तनमार्फत प्रविधिको विकास, व्यवसायिकरण परिपक्कता तथा हस्तान्तरण गर्न राष्ट्रिय नीति, रणनीति, ऐन, नियम, मापदण्ड, निर्देशिका तर्जुमा, कार्यान्वयन गराउने र समयसापेक्ष परिमार्जन गर्ने।
  • विभिन्न सम्वर्द्धन केन्द्र (Incubation Centre), उत्कृष्टता केन्द्र (Centre of Excellence), STEAM ल्याब, मेकर स्पेस (Makerspace), मर्मतसम्भार केन्द्र (Repair Centre) आदिको व्यवस्थापन तथा समन्वय गर्ने/गराउने।
  • देशका विभिन्न प्राविधिक शिक्षालय तथा कलेजहरूमा बिजनेस इन्क्युबेसन सेन्टर, को-वर्किङ स्पेस र युवाहरूका लागि खुल्ला प्रयोगशाला, मेकर्स स्पेस (Makers Space) को स्थापनामा वित्तीय र प्राविधिक सहयोग गर्ने।
  • उद्योग वा व्यवसाय कानुनी रूपमा दर्ता हुनु पूर्वका प्रारम्भिक चरणका नवीन सोच, प्राविधिक मोडेल र प्रोटोटाइपहरू पहिचान गर्न राष्ट्रिय आइडिया बैंकको स्थापना र सञ्चालन गर्ने।
  • उदियमान प्रविधि जस्तै: डाटा विज्ञान (Data Science), रोबोटिक्स, ड्रोन, आईओटी, एआई अति शुक्ष्म प्रविधि (Nano Technology) हरुको प्रभावकारी कार्यान्वयन गर्ने, प्रविधिको विकास, स्वदेशीकरण र यस क्षेत्रमा क्रियाशील अनुसन्धानकर्ताहरूका लागि विशेष प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने।
  • नेपालमा अन्तरिक्ष प्रविधिको अधिकतम प्रयोग गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुका साथै प्रवर्द्वनात्मक कार्य गर्ने।
  • अन्तरिक्ष प्रविधि केन्द्र एवम् अति शुक्ष्म प्रविधि केन्द्रहरूको स्थापनाको लागि गृहकार्यको थालनी गर्ने।
  • विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्रयोगशालाहरूमा सफल प्रमाणित भएका नवीनतम प्रविधिहरूलाई उद्योग र बजारमा हस्तान्तरण गर्न सहजीकरण गर्ने।
  • बौद्धिक सम्पति अधिकार तथा सुरक्षणसँग सम्बन्धि प्रारम्भिक कार्यहरु गर्ने।
  • नवप्रवर्तन मार्फत प्रविधिको विकास र व्यावसायिक उपयोगका लागि सरकार, निजी क्षेत्र, विश्वविद्यालयहरू बीच स्थायी समन्वय तथा संयुक्त अनुसन्धान संयन्त्र निर्माण गराउन सहजीकरण गर्ने।
  • सरकारी तथा सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी नवप्रवर्तनकारी प्रविधि, सफ्टवेयर र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीतिको कार्यान्वयन र सहजीकरण गर्ने।
  • युवा तथा विद्यार्थीहरूमा नवप्रवर्तन संस्कृतिको विकास गर्न र प्रारम्भिक सोचहरू परिपक्व बनाउन ह्याकाथुन (Hackathons), बुटक्याम्प र राष्ट्रिय नवप्रवर्तन प्रतियोगिताहरू आयोजना गर्ने।
  • देशभित्र उच्च दक्ष सूचना प्रविधि जनशक्ति उत्पादन गर्न विश्वविद्यालय र उद्योगहरूसँग मिली विशेष प्रशिक्षण, इन्टर्नसिप र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने।
  • स्थानीय स्तरका रैथाने सीप, परम्परागत ज्ञान र ग्रामीण प्रविधिमा आधारित नवप्रवर्तनकारी प्रयास (Grassroot Innovation) लाई पहिचान गरी परिमार्जन, वित्तीय प्रोत्साहन र व्यवसायीकरण गर्ने।
  • नवप्रवर्तन, प्रविधि हस्तान्तरण र सूचना प्रविधिको एकीकृत विकासका लागि सार्वजनिक, निजी र प्राज्ञिक क्षेत्र बीच साझेदारी मोडेलहरूको विकास र कार्यान्वयन गर्ने।
  • विश्वव्यापी प्रविधि अनुसन्धान केन्द्रहरू, अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्चहरू र डिजिटल गभर्नन्स सम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय, सन्धि सम्झौता तथा प्राविधिक साझेदारी गर्ने।
  • विश्वविद्यालय तथा प्रदेश/स्थानीय तहसँगको सहकार्यमा व्यवसाय सम्वर्द्धन केन्द्र (Incubation Centre), मेकर्स स्पेस जस्ता संयन्त्र सञ्चालनमा सहयोग गर्ने।
  • रेडियोधर्मी पदार्थको शान्तिपूर्ण प्रयोगको सुनिश्चितताका लागि आणविक ऊर्जा, रेडियोधर्मी प्रविधि, विकिरण सुरक्षा र रेडियोधर्मी पदार्थको उपयोग तथा विकास सम्बन्धी समयसापेक्ष राष्ट्रिय नीति, ऐन, कानुन, नियम र मापदण्डहरूको तर्जुमा, कार्यान्वयन, परिमार्जन गर्ने/गराउने।
  • रेडियोधर्मी पदार्थ र विकिरण उत्पन्न गर्ने उपकरणहरूको आयात, निर्यात, ढुवानी, भण्डारण, जडान, प्रयोग तथा विसर्जनका लागि इजाजतपत्र/अनुमति जारी गर्ने, नवीकरण गर्ने र राष्ट्रिय नियमन प्रणाली व्यवस्थापन गर्ने।
  • रेडियोधर्मी पदार्थको सुरक्षित ओसारपसार र प्रयोग सुनिश्चित गर्न चिकित्सा क्षेत्र, उद्योग र अनुसन्धानशालाहरूमा आवश्यकता अनुरूप नियमित तथा आकस्मिक स्थलगत निरीक्षण, अनुगमन र नियन्त्रण गर्ने।
  • नेपालमा उपलब्ध रेडियोधर्मी तथा रेडियोधर्मी पदार्थहरू, विकिरण प्रविधिहरू र यस क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको राष्ट्रिय तथ्याङ्क प्रणालीको स्थापना, व्यवस्थापन र नियमन गर्ने र मन्त्रालयलाई यस प्रकारको तथ्याँकीय स्रोतमा सहज पहुँच उपलब्ध गराउने ।
  • रेडियोधर्मी पदार्थ र वेवारिसे, हराएका वा असुरक्षित अवस्थामा रहेका रेडियोधर्मी स्रोतहरूको विशेष खोजतलास, पूनर्लाभ (Recovery), सुरक्षित भण्डारण र दीर्घकालीन व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
  • परमाणु प्रविधि राष्ट्रिय सल्लाहकार समितिको सदस्य भई कार्य गर्ने।
  • रेडियोधर्मी तथा रेडियोधर्मी पदार्थहरू, विकिरण प्रविधिहरू र यस क्षेत्रका प्राविधिक सहायतामा नेपालका विभिन्न क्षेत्रहरूमा सञ्चालित परियोजनाहरूको अनुगमन, मूल्याङ्कन, तथ्याङ्क व्यवस्थापन र अन्तर-निकाय समन्वय गरी सो को प्रतिवेदन त्रैमासिक पेश गर्ने ।
  • रेडियोधर्मी विज्ञानका विविध विधाहरू (स्वास्थ्य, कृषि, जलस्रोत, वातावरण र उद्योग) मा देशको आवश्यकताका आधारमा वैज्ञानिक अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने।
  • रेडियोधर्मी प्रविधिको सुरक्षित उपयोग, विकिरण सुरक्षा अधिकारी (Radiation Safety Officer-RSO) को प्रमाणीकरण र सोसम्बन्धी विशिष्टीकृत प्राविधिक जनशक्तिको विकास, तालिम सञ्चालन तथा राष्ट्रिय उपयोग गर्ने।
  • विकिरण उपकरणहरूको गुणस्तर सुनिश्चितता (Quality Assurance), क्यालिब्रेसन (Calibration सम्बन्धी मापदण्ड तोक्ने ।
  • रेडियोधर्मी विज्ञान र आणविक प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा भएका नवीनतम खोज, वैज्ञानिक अनुसन्धानका नतिजाहरू र उदीयमान प्रविधिका बारेमा प्राज्ञिक क्षेत्र र सरोकारवालाहरूलाई सुसूचित गराउने।
  • रेडियोधर्मी पदार्थ र विकिरणको सुरक्षित प्रयोग, यसका बहुआयामिक फाइदाहरू र सम्भावित विकिरण जोखिम न्यूनीकरणका उपायहरूबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।
  • रेडियोधर्मी वा विकिरणजन्य आपतकाल (Radiological Emergency) को सामना गर्न राष्ट्रिय कार्ययोजना परिमार्जन गर्ने, भन्सार विन्दुहरूमा रेडियोधर्मी पदार्थको अवैध ओसारपसार रोक्न नियमन गर्ने ।
  • रेडियोधर्मी विज्ञान, प्रविधि, आणविक सुरक्षा, अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी सन्धि र महासन्धिहरूका विविध विषयहरूमा आवश्यक प्राविधिक राय, परामर्श र नीतिगत गर्ने/गराउने।
  • रेडियोधर्मी प्रविधि प्रयोगशालाहरूमा प्रयोग हुने तथा रेडियोधर्मी प्रकृयाबाट उत्सर्जन हुने रासायनिक पदार्थहरूको सुरक्षित उपयोग, प्रवर्द्धन, नियन्त्रण र प्राविधिक नियमन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।

१.१ वैज्ञानिक अनुसन्धान शाखा

  • वैज्ञानिक अनुसन्धान शाखाको समग्र प्राविधिक तथा प्रशासनिक कार्यहरूको योजना तर्जुमा, कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने।
  • विज्ञान तथा प्रविधिका विविध विधाहरू र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा राष्ट्रिय नीति, ऐन, नियमको तर्जुमा, कार्यान्वयन गर्ने तथा मौजुदा नीतिको समयसापेक्ष परिमार्जनका लागि प्राज्ञिक र अन्तर्राष्ट्रिय विकास संस्थाहरूसँग समन्वय गर्ने।
  • विश्वविद्यालय र अनुसन्धान संस्थाहरूका लागि राष्ट्रिय वैज्ञानिक अनुसन्धान अनुदान (Research Grants) को कार्यविधि बनाई परिचालन गर्ने कार्यको नेतृत्व गर्ने।
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला र विज्ञान सङ्ग्रहालयसम्बन्धी नीतिगत, प्राविधिक र समन्वयात्मक कार्यहरू सम्पादन गर्ने।
  • वैज्ञानिक तथा प्राविधिज्ञहरूको उच्च मनोबल कायम राख्ने र प्रतिभा पलायन न्यूनीकरणका लागि उपयुक्त अनुसन्धानमूलक वातावरण सिर्जना गर्ने रणनीतिक कार्यक्रम बनाउने।
  • विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय पुरस्कारको व्यवस्था गर्ने कार्यको नेतृत्व गर्ने।
  • विज्ञान प्रविधिका विविध विधाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार, विशिष्टीकृत प्राविधिक तालिम तथा वैज्ञानिक सम्मेलनहरूको आयोजना तथा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्ने।

१.२ उपयुक्त तथा उदीयमान प्रविधि शाखा

  • शाखाको प्राविधिक योजना, जनशक्ति प्रक्षेपण र रणनीतिक रूपरेखा तयार गर्ने कार्यको नेतृत्व गर्ने।
  • उपयुक्त (appropriate) तथा उदीययमान (emerging) प्रबिधि तथा सो सँग सम्बन्धित क्रियाकलापहरू गर्ने।
  • ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने उपयुक्त प्रविधि (Appropriate Technology) को पहिचान, विकास र विस्तार गर्दै परम्परागत तथा रैथाने नेपाली प्रविधि (जस्तै: आरन, पानीघट्ट, घरेलु उद्योग, काष्ठकला) को दक्षता वृद्धि र आधुनिकीकरण गर्ने।
  • रोबोटिक्स र अटोमेसन (Robotics & Automation) को उपयोग कृषि, उद्योग र स्वास्थ्य क्षेत्रमा बढाउन कार्यविधि बनाउने।
  • चौथो र पाँचौं औद्योगिक क्रान्ति (Industry 4.0 and Industry 5.0) का प्रविधि र उपकरणहरूको अध्ययन, अनुसन्धान र उपयोग गर्दै त्यस्ता प्रविधिहरुलाई आन्तरिकीकरण गर्न निजी क्षेत्रको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने।
  • उदीयमान प्रविधिहरू जस्तै: डाटा विज्ञान (Data Science), रोबोटिक्स, अटोमेसन, ड्रोन, आईओटी, कृत्रिम बुद्धिमत्ता (AI) र अति सूक्ष्म (Nano) प्रविधिहरूको प्रभावकारी कार्यान्वयन र प्रवर्द्धन गर्ने।
  • देशमा अन्तरिक्ष प्रविधि केन्द्र एवम् अति सूक्ष्म प्रविधि केन्द्रहरूको स्थापनाका लागि आवश्यक गृहकार्य, सम्भाव्यता अध्ययन र नीतिगत तयारीको थालनी गर्ने।
  • उदीयमान प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा भएका विकासहरू (Generative AI, Quantum Computing आदि) को स्वदेशीकरणका लागि अध्ययन अनुसन्धान गर्ने/गराउने।
  • उदीयमान प्रविधि क्षेत्रमा द्विपक्षीय, बहुपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायहरू, विश्वव्यापी प्रविधि अनुधान केन्द्रहरू र यससंग सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग आपसी सहयोग र समन्वय अभिवृद्धि गर्ने।
  • स्वच्छ प्रविधि (Clean Technology) र नवीकरणीय ऊर्जा (Green Hydrogen, Solar, Wind) को दक्षता सुधार सम्बन्धी प्रवर्द्वनात्मक कार्य गर्ने।
  • अन्तरराष्ट्रिय स्तरका प्रविधिसँग सम्बन्धित ज्ञान र सीप हस्तान्तरण (Technology Transfer) तथा ग्रहण क्षमताका लागि समन्वय गर्ने।
  • राष्ट्रिय विकासका प्राथमिकताप्राप्त क्षेत्रहरूमा आधुनिक प्रविधि जडान गर्न प्राविधिक परामर्श उपलब्ध गराउने।
  • वातावरणमैत्री र कार्बन न्यूनीकरण गर्ने हरित प्रविधिहरूको प्रवर्द्धन गर्ने।
  • प्राविधिक जनशक्तिको सीप स्तरोन्नतिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि संस्थाहरूसँग साझेदारी गर्ने।
  • मन्त्रालयले तोके बमोजिमका अन्य कार्यहरू गर्ने।
  • उपयुक्त प्रविधिहरूका क्षेत्रको विकासका निमित्त आवश्यक पर्ने कानुनी, नियामक तथा कार्य सञ्चालनसम्बन्धी कार्यविधिहरू तयार गर्ने।
  • प्रविधिको क्षेत्रमा वैज्ञानिक अनुसन्धान तथा प्रयोगात्मक विकास (Research & Development) का लागि सहजकर्ता, प्रवर्द्धक तथा समन्वयकर्ताको भूमिका निर्वाह गर्ने र विज्ञान प्रविधिका विविध क्षेत्रमा निजी क्षेत्रको प्राविधिक सहभागिता प्रवर्द्धन गर्ने।
  • स्थानीय श्रोतसाधनको प्रयोग, प्रविधि हस्तान्तरण तथा सुधारिएको प्रविधिको विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गर्ने।
  • शाखाको वार्षिक कार्यक्रम, योजना र बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने।
  • विभिन्न सम्वर्द्धन केन्द्र (Incubation Centre), उत्कृष्टता केन्द्र (Centre of Excellence), STEAM ल्याब, मेकर स्पेस (Makerspace), मर्मतसम्भार केन्द्र (Repair Centre) आदिको व्यवस्थापन तथा समन्वय गर्ने/गराउने।

१.३ प्रयोगशाला तथा रासायनिक पदार्थ व्यवस्थापन, गुणस्तर तथा मापदण्ड शाखा

  • देशमा प्रयोगशाला, रासायनिक पदार्थ व्यवस्थापन, रेडियोधर्मी पदार्थ सम्बन्धी राष्ट्रिय नीति, रणनीति, ऐन, नियम, मापदण्ड, निर्देशिका तर्जुमा, कार्यान्वयन गराउने र समयसापेक्ष परिमार्जन गर्ने/गराउने।
  • प्रयोगशाला तथा रासायनिक पदार्थ व्यवस्थापन शाखाको प्राविधिक नियमन, प्रशासनिक कार्य र वार्षिक कार्यक्रमहरूको व्यवस्थापन तथा नेतृत्व गर्ने।
  • औद्योगिक, कृषि तथा अनुसन्धान क्षेत्रमा प्रयोग हुने रासायनिक पदार्थ, रेडियोधर्मी पदार्थहरूको आयात, भण्डारण, प्रयोग र विसर्जन सम्बन्धी मापदण्ड बनाउने।
  • रेडियोधर्मी स्रोतहरूको सुरक्षित ढुवानी, भण्डारण, संभावित चुहावट र दीर्घकालीन विसर्जन सम्बन्धी मापदण्ड र रेडियोधर्मी पदार्थको प्रयोग सम्बन्धी कार्यविधि बनाउने गर्ने।
  • देश भित्रका अनुसन्धान प्रयोगशालाहरूको मापदण्ड निर्धारण गरी अन्तरराष्ट्रियस्तरको बनाउने र मन्त्रालय मातहतका वैज्ञानिक प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रिय प्रमाणीकरण (Accredited) गराउने कार्यको नेतृत्व गर्ने।
  • रासायनिक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धी निर्देशिका (Chemical Safety Protocol) लागू गराउने र अनुगमन गर्ने।
  • रासायनिक हतियार निषेध संगठन तथा महासन्धि, रासायनिक पदार्थ व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, सन्धि, अभिसन्धिहरू सम्पर्क तथा समन्वय गर्ने।
  • औद्योगिक, शैक्षिक क्षेत्र, अनुसन्धान केन्द्रमा प्रयोग हुने रासायनिक पदार्थहरूको सुरक्षित व्यवस्थापन, आयात र भण्डारणको प्राविधिक नियमन गर्ने।
  • राष्ट्रिय विपद् वा रासायनिक आपतकालको समयमा प्राविधिक प्रतिवेदन र सुझाव संयन्त्रको रूपमा काम गर्ने र तालुक निकायलाई प्राविधिक राय उपलब्ध गराउने।

१.४ अनुमति, नियमन तथा विकिरण सुरक्षा शाखा

  • विकिरण सुरक्षा, अनुगमन तथा निरीक्षण गर्ने
  • विकिरणजन्य दुर्घटना वा परमाणु सुरक्षा सम्बन्धी जोखिम आइपर्दा चालिने कदमहरूको पूर्वतयारी योजना बनाउने।
  • नेपालभर रहेका सम्पूर्ण रेडियोधर्मी पदार्थ र उपकरणहरूको केन्द्रिकृत डिजिटल अभिलेख राख्ने र सुरक्षित प्रयोग र व्यवस्थापनको ट्र्याकिङ गर्ने।
  • अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का मापदण्ड अनुरूप राष्ट्रिय अनुमति प्रणालीको सफ्टवेयर विकास र सञ्चालन कार्यको सुपरिवेक्षण गर्ने।
  • अनुमति खारेजी, निलम्बन वा अवैध रूपमा सञ्चालित विकिरण स्रोतहरूको अनुमति जफत गर्ने कानुनी प्रक्रियाको नेतृत्व गर्ने।
  • अनुमति शुल्क, जरिवाना र दस्तुर सम्बन्धी आर्थिक कार्यविधि लागू गर्ने/गराउने।
  • अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग राष्ट्रिय सम्पर्क विन्दुको रूपमा नीतिगत सम्पर्क तथा समन्वय गर्ने।
  • अनुगमन तथा नियमन शाखाको वार्षिक कार्ययोजना स्वीकृत गर्ने, निरीक्षण टोली परिचालन गर्ने र नियमन सम्बन्धी वार्षिक प्रतिवेदन तयार गरी पेश गर्ने।
  • रेडियोधर्मी वा विकिरणजन्य आपतकाल (Radiological Emergency) को सामना गर्न रेडियोधर्मी आपतकालीन कार्ययोजना (Nuclear Emergency Response Plan) कार्यान्वयन गराउने।
  • रेडियोधर्मी पदार्थ सम्बन्धी ऐन तथा नियमहरूको पालना नगर्ने र सुरक्षा मापदण्ड उल्लंघन गर्ने संस्थाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गर्ने।
  • रेडियोधर्मी पदार्थको सुरक्षित ओसारपसार र प्रयोग सुनिश्चित गर्न चिकित्सा क्षेत्र, उद्योग र अनुसन्धानशालाहरूमा आवश्यकता अनुरूप नियमित तथा आकस्मिक स्थलगत निरीक्षण, अनुगमन र नियन्त्रण कार्यको नेतृत्व गर्ने।
  • रेडियोधर्मी फोहोरको सुरक्षित भण्डारण (Radioactive Waste Management) र विसर्जन स्थलहरूको नियमन प्रणाली सुदृढ गर्ने।
  • रेडियोधर्मी पदार्थ र विकिरणको सुरक्षित प्रयोग, यसका बहुआयामिक फाइदाहरू र सम्भावित विकिरण जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धी अनुसन्धान कार्यक्रम गर्ने/गराउने।
  • सेकेन्डरी स्ट्यान्डर्ड डोजिमेट्री ल्याबोरेट्री (SSDL) को स्थापना, सञ्चालन, उपकरणहरूको प्रमाणीकरण र नियमन सम्बन्धी मापदण्ड तोक्न मन्त्रालयलाई प्राविधिक सहयोग उपलब्ध गराउने।
  • रेडियोधर्मी विज्ञानका विविध विधाहरू (स्वास्थ्य, कृषि, जलस्रोत, वातावरण र उद्योग) मा देशको आवश्यकताका आधारमा वैज्ञानिक अध्ययन अनुसन्धान गर्न राष्ट्रिय प्राथमिकता निर्धारण गर्न महानिर्देशक मार्फत् मन्त्रालयलाई आवश्यक सहयोग उपलब्ध गराउने।
  • विकिरण सुरक्षा सम्बन्धी राष्ट्रिय निर्देशिकाहरू (Safety Guidelines) तयार गर्न महानिर्देशक मार्फत् मन्त्रालयलाई प्राविधिक सहयोग उपलब्ध गराउने।
  • नेपालभर प्रयोग भइसकेका वा म्याद सकिएका रेडियोधर्मी स्रोतहरू (Disused Sources) र लावारिस/अनाश्रित (Orphan) स्रोतहरूलाई सुरक्षित प्रविधिमा राख्ने र तिनीहरूलाई उत्पत्तिको देशमा फिर्ता (Export) पठाउने प्राविधिक प्रक्रिया व्यवस्थापन गर्ने।

१.५ सूचना प्रविधि शाखा

  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा निति, योजना, अनुगमन, मूल्यांकन, प्रविधि प्रवर्द्वन, प्रविधि हस्तान्तरण, वैज्ञानिक प्रतिभाको खोज, वैज्ञानिक जनशक्ति विकास, उद्यमशिलता तथा बौद्धिक सम्पत्तिको सम्वर्द्वन, नेपाली डायस्पोरा, वैदेशिक सहायता, अन्तर निकाय समन्वय, वैज्ञानिक अनुसन्धान, उपयुक्त तथा उदीयमान प्रविधि खोज तथा विकास लगायत विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा आवश्यक सूचना प्रविधि सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने/गराउने।
  • मुलुकभित्रका वैज्ञानिक, प्राविधिक, प्राज्ञ र अनुसन्धानकर्ताहरूको एकीकृत राष्ट्रिय पहिचान तथा अभिलेखका लागि राष्ट्रिय अनुसन्धानकर्ता डाटाबेस (National Researchers Database) प्रणालीको विकास र व्यवस्थापन गर्ने।
  • विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा भएका लगानी, जनशक्ति र प्राप्त उपलब्धिको राष्ट्रिय अवस्था झल्काउने गरी एकीकृत विज्ञान तथा प्रविधि सूचना प्रणाली (STI Information System) को स्थापना र सञ्चालन गर्ने।
  • वैज्ञानिक अनुसन्धान, आविष्कार र नवप्रवर्तनका लागि उपलब्ध गराइने सरकारी अनुदान, फेलोसिप र छात्रवृत्तिको आवेदन, मूल्याङ्कन र छनोट प्रक्रियालाई पूर्णतः डिजिटल बनाउन अनलाइन पोर्टलको व्यवस्थापन गर्ने।
  • स्वदेशी प्रविधि, परम्परागत ज्ञान र रैथाने सीपहरूको डिजिटल नक्साङ्कन (Digital Mapping) तथा बौद्धिक सम्पत्तिको संरक्षणका लागि राष्ट्रिय प्रविधि अभिलेखालय प्रणालीको विकास गर्ने।
  • आर्टिफिसियल इन्टेलिजेन्स (AI), ब्लकचेन, इन्टरनेट अफ थिंग्स (IoT) र रोबोटिक्स जस्ता उदीयमान प्रविधिहरूको प्रवर्द्धन, नियमन र नीतिगत ढाँचाका लागि आवश्यक प्राविधिक अध्ययन र डिजिटल पूर्वाधारको परामर्श उपलब्ध गराउने।
  • नेपालमा गरिएका वैज्ञानिक अनुसन्धान, शोधपत्र र प्राज्ञिक प्रकाशनहरूलाई सार्वजनिक रूपमा पहुँचयोग्य बनाउन र प्राज्ञिक चोरी रोक्न खुला पहुँच राष्ट्रिय डिजिटल रिपोजिटरी (Open Access National Digital Repository) को सञ्चालन गर्ने।
  • उद्योग, शिक्षा जगत् र सरकारी अनुसन्धान निकायहरू (Triple Helix Model) बीच समन्वय, सहकार्य र प्रविधि हस्तान्तरणलाई सहज बनाउन साझा डिजिटल नेटवर्क वा सहजीकरण प्लेटफर्मको निर्माण गर्ने।
  • नवप्रवर्तकहरू, स्टार्टअपहरू र युवा वैज्ञानिकहरूका नयाँ सोच (Ideas), प्रोटोटाइप र उत्पादनहरूको प्रवर्द्धन तथा लगानीकर्ताहरूसँग जोड्नका लागि एकीकृत स्टार्टअप एण्ड इनोभेसन पोर्टलको सञ्चालन गर्ने।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक आविष्कार, नवप्रवर्तन पुरस्कार, र नेपालमा दर्ता भएका पेटेन्ट (Patent) सम्बन्धी डिजिटल अभिलेख र ट्र्याकिङ प्रणालीको विकास गर्ने।