परिचय

विज्ञान र प्रविधि क्षेत्रको समुचित विकास र उपयोग विना मुलुकको विकास समृद्धि तथा शुसासन सम्भव नहुने तथ्यलाइ मनन गरी विगत पाँच दशक देखि संस्थागत, नीतिगत तथा कार्यगत प्रयासहरू हुदै आएका छन् । यसै क्रममा वि.सं. २०३३ सालमा राष्ट्रिय विज्ञान तथा प्रविधि परिषद् को स्थापना भएको थियो । विज्ञान तथा प्रविधि क्षेत्रको उचित विकासका लागि अनुकुल वातावरण सृजना गरी देशको समुन्नती र विकासका लागि विज्ञान तथा प्रविधि सम्बन्धी कार्य गर्न वि.सं. २०३९ मंसिर २० गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा कृयाशील सबै निकायहरू वीच समन्वय ल्याउन र सो सम्बन्धी कृयाकलापहरूलाई प्रभावकारीरूपमा अघि बढाउन प्रथम पटक वि.सं. २०५३ साल जेष्ठ २ गते विज्ञान तथा प्रविधि मन्त्रालयको गठन भएको हो । वि.सं. २०६१ साल चैत्र १८ गते जनसंख्या तथा वातावरण मन्त्रालय खारेज भई सो मन्त्रालयको वातावरण महाशाखा विज्ञान तथा प्रविधि मन्त्रालयमा गाभिएर वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय पुनर्गठन भएको थियो । पछि यसको नाम नाम परिवर्तन भएर विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय नाम रहन गएकोमा नेपाल सरकारको मिति २०७२।९।९ को निर्णयबाट साविकको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय दुइ वटा मन्त्रालयमा विभाजन भइ जनसंख्या तथा वातावरण मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालय कायम भएको थियो । नेपाल सरकारको मिति २०७४।१२।९ को निर्णयबाट विज्ञान प्रविधि महाशाखा र पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा सृजना भई शिक्षा मन्त्रालयमा गाभिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुनर्गठन भएको थियो ।

समग्र बिकासलाई गतिशील बनाउन आबश्यक पर्ने पुर्बाधार र क्षमता को उपयोग गर्न, उच्च क्षमतायुक्त प्राबिधिक युवा जनशक्तिको बिकास गरी मुलुकमै उनीहरूको क्षमताको उपयोग गर्न, बैज्ञानिक खोज र नवप्रवर्तनबाट बिकास गरिएका प्रबिधिहरूलाई मुलुकको बिकास प्रक्रियामा प्रभावकारी उपयोग गर्न पुन: मिति २०८३।130 मा प्रकाशित राजपत्र अनुसार विज्ञान प्रविधि महाशाखा र पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा शिक्षा मन्त्रालयवाट विभाजन भई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको काम, कर्तव्य र अधिकार

नेपालको संविधानमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी व्यवस्था

नेपालको संविधान, २०८२ को धारा ५१ को खण्ड () मा उल्लेखित विकास सम्बन्धी नीतिमा उल्लिखित बुँदा

() मा वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी

अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने

अनुसूची-५ संघको अधिकार

२३) आणविक उर्जा, अन्तरीक्ष सम्बन्धी

अनुसूची-७ संघ र प्रदेशको साझा अधिकारको सूची

२२) वैज्ञानिक अनुसन्धान, विज्ञान, प्रविधि र मानव संसाधन विकास

विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बद्ध विद्यमान नीतिगत तथा कानुनी व्यवस्था

जैविक प्रविधि नीति, २०६३

राष्ट्रिय परमाणु नीति,२०६४

राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६

दिगो विकास लक्ष्य (सन् २०१६-२०३०)

रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७

नियमावली/निर्देशिका/कार्यविधि/मापदण्ड सम्बन्धी व्यवस्था

रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८

मेडिकल रेडियोथेरापी उपकरण तथा सेवा सञ्चालन मापदण्ड, २०८१

न्युक्लियर मेडिसिन संयन्त्र सञ्चालन तथा उपकरणको प्रयोग सम्बन्धी मापदण्ड, २०८१

डायग्नोस्टिक रेडियोलोजी मेडिकल उपकरणको प्रयोग सम्बन्धी मापदण्ड, २०८१

आयनीकरण गर्ने विकिरणसँग सम्बन्धित औद्योगिक उपकरणको प्रयोग तथा सञ्चालन मापदण्ड, २०८१

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यविवरण देहायबमोजिम रहेको छः

  • विज्ञान प्रविधि सम्बन्धी नीति, कानून, मापदण्ड;
  • वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान;
  • विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रबर्धन र विकास;
  • विज्ञान प्रविधि विषयक तथ्यांक संकलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड;
  • पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोग सम्बन्धी तथ्यांक प्रणालीको स्थापना, व्यवस्थापन र नियमन;
  • जैविक तथा पारमाणविक प्रविधिको उपयोग र प्रवर्द्धन;
  • ओजोन अध्ययन सौर्य विकीरण मापन तथा सूचना प्रवाह;
  • वैज्ञानिक उपकरण क्यालिब्रेशन तथा प्रमाणिकरण;
  • रासायनिक पदार्थको उपयोग तथा प्रबर्ध्दन नियन्त्रण र नियमन;
  • पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरुको खोज तथा पुनर्लाभ र व्यवस्थापन;
  • आणविक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेनेटोरियम वेधशाला र विज्ञान संग्रहालय;
  • नवप्रर्वतन सम्बन्धी नीति, कानुन, योजना, अनुसन्धान, प्रविधि;
  • वस्तु तथा सेवा, प्रक्रिया, प्रविधि, डिजाईनको विकास,सुधार, प्रयोग;
  • उद्योग, व्यवसाय र समाजका विविध क्षेत्रमा औद्योगिक विकासका नवीनतम अवधारणा (Industry 4.0, Industry 5.0) को अध्ययन अनुसन्धान तथा उपयोग;
  • मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तराष्ट्रिय संघसस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;