योजना, नीति तथा स्रोत परिचालन महाशाखा
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन राष्ट्रिय नीति, आवधिक योजना, देशको प्राविधिक जनशक्ति प्रक्षेपण र रणनीतिक रूपरेखा तयार गर्ने।
- 'राष्ट्रिय नवप्रवर्तन तथा प्रविधि नीति' को तर्जुमा, परिमार्जन, राष्ट्रिय नवप्रवर्तन प्रणालीको विकास तथा समयसापेक्ष परिमार्जन गर्न उच्च नेतृत्वलाई रणनीतिक सुझाव र डेटा एनालिटिक्स उपलब्ध गराउने।
- नवप्रवर्तनका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, रणनीति, ऐन, नियम, मापदण्ड र निर्देशिकाहरूको तर्जुमा तथा कार्यान्वयन प्रक्रियाको नेतृत्व गर्ने।
- मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निकायहरूको वार्षिक कार्यक्रम, बजेट तर्जुमा, मध्यमकालीन खर्च संरचनाको प्रारुप तयार गरी स्वीकृतिका लागि पेश गर्ने।
- नेपालको संविधानको अनुसूची ५ (सङ्घीय क्षेत्राधिकार: केन्द्रीय विश्वविद्यालय, विज्ञान र प्रविधि), अनुसूची ७ र ९ (साझा क्षेत्राधिकार: वैज्ञानिक अनुसन्धान, प्रविधि र मानव संसाधन विकास) का आधारमा तीनवटै तहका योजनाहरू बीच नीतिगत तादात्म्यता मिलाउने।
- वार्षिक बजेट सिलिङ, मार्गदर्शन र आयोजना स्वीकृतिका सम्बन्धमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क विन्दुको रूपमा कार्य गर्ने।
- आवधिक योजना तथा वार्षिक बजेट तर्जुमासँग सम्बन्धित पूर्वतयारी सूचक, नतिजा खाका (Result Framework) र मापदण्डहरूको निर्माण तथा विकास गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन सम्बन्धी योजना, कार्यक्रम तथा रणनीतिसँग मौजुदा ऐन, नियमको तालमेलका सम्बन्धमा अध्ययन, विश्लेषण गरी मन्त्रालय र अन्य सरकारी निकायलाई राय सुझाव पेश गर्ने।
- विनियोजित बजेट र स्वीकृत कार्यक्रमहरूको आवश्यकता अनुसार विषयगत महाशाखाहरूको प्राविधिक राय लिई कार्यक्रम तथा बजेट संशोधन र रकमान्तर सम्बन्धी कार्य अगाडि बढाउने।
- स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा आधारित रहेर मन्त्रालय र मातहतका आयोजनाहरूको लागि आवधिक अनुगमन कार्ययोजना (Monitoring Plan) तर्जुमा गर्ने, गराउने।
- सञ्चालित योजना, वैज्ञानिक अनुसन्धान कार्यक्रम तथा परियोजना कार्यान्वयनको प्रभावकारिता मापनका लागि वैज्ञानिक मूल्याङ्कन सूचक तथा आधारहरू तयार गरी लागू गर्ने।
- मन्त्रालय र अन्तर्गतका निकायहरूबाट कार्यान्वयनमा ल्याइएका आयोजनाहरूको त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति समीक्षाका लागि एकीकृत प्रगति विवरण र प्रतिवेदन तयार गर्ने।
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आयोजना गर्ने, मुख्य आयोजनाहरूको अवरोध पहिचान गर्ने र राष्ट्रिय विकास समस्या समाधान समिति (NDSC) का लागि प्रतिवेदन पेश गर्ने।
- विज्ञान प्रविधिको उन्नयनका लागि नवप्रवर्तनको क्षेत्रमा स्रोत परिचालन सम्बन्धी कार्यविधि तर्जुमा र स्रोतको न्यायोचित परिचालन तथा व्यवस्थापन गर्ने।
- विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उपलब्ध वित्तीय स्रोत, अनुदान, र वैदेशिक सहायताको पहिचान गर्ने।
- स्रोतको परिचालन मार्फत प्रारम्भिक चरणका आविष्कारक र विद्यार्थीहरूलाई “आइडिया ग्राण्ट” (Idea Grants) र परीक्षण अनुदान (Proof of Concept Funding) वितरण एवं व्यवस्थापन गर्ने।
- सफल साबित भएका प्रविधि तथा नवप्रवर्तनकारी उत्पादनहरूको व्यवसायीकरण, औद्योगिक उत्पादन र बजार सुनिश्चितताका लागि आवश्यक पूर्वाधार र प्रविधि परीक्षण केन्द्र स्थापना गर्न सहजीकरण गर्ने।
- स्रोतको दोस्रो चरणको बजेट मार्फत प्रविधि व्यवसायीकरणका लागि सहुलियतपूर्ण ऋण, म्याचिङ ग्राण्ट (Matching Grant) वा भेन्चर क्यापिटल (Venture Capital) को वित्तीय साझेदारी ढाँचा व्यवस्थापन गर्ने।
- स्रोत परिचालनको कार्यविधि तर्जुमा, कोषको न्यायोचित एवं पारदर्शी परिचालन,
- वित्तीय स्रोत परिचालन गरिएका कार्यहरुको अनुगमन तथा प्राप्त भएका आयोजनाहरूको प्राविधिक र वित्तीय लेखापरीक्षण र प्रभाव मूल्यांकन गर्ने/गराउने।
- ग्रान्ट व्यवस्थापन तथा अनुसन्धान व्यवस्थापनसँग सम्बन्धित कार्यहरू गर्ने।
- अनुसन्धान तथा नवाप्रवर्तनको लागि निजी क्षेत्र लगायत अन्य बैकल्पिक श्रोत पहिचान गरी अनुसन्धान/प्रविधि विकासमा सहकार्य गर्ने वातावरण निर्माण गर्दै अनुसन्धान तथा नवप्रवर्तन वित्त व्यवस्थापन गर्ने तथा वैकल्पिक श्रोत परिचालन गर्न आवश्यक सहजीकरण गर्ने )
- वैदेशिक सहायतामा प्राप्त रकम, प्रविधि र नेपाल सरकारको आन्तरिक स्रोत बीच दोहोरोपन नहुने गरी समन्वय र स्रोत साधनको अधिकतम परिचालन सुनिश्चित गर्ने।
- प्रविधि हस्तान्तरण तथा व्यवसायीकरण शाखाको कार्ययोजना तर्जुमा, बजेट परिचालन र नीतिगत कार्यान्वयनको नेतृत्व गर्ने।
- अनुसन्धान केन्द्र र प्रयोगशालाहरूमा सफल प्रमाणित भएका नवीनतम प्रविधिहरूलाई उद्योग र बजारमा हस्तान्तरण तथा व्यवसायीकरण गर्न नीतिगत एवं कानुनी सहजीकरण गर्ने।
- सरकारी तथा सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी नवप्रवर्तनकारी प्रविधि, सफ्टवेयर र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने (Public Procurement of Innovation) नीतिको कार्यान्वयन र सहजीकरण गर्ने।
- विभिन्न प्रविधि विकासको लागि आवश्यक प्रवर्धनात्मक क्रियाकलापहरू गर्ने आवश्यकता अनुसार विभिन्न प्रविधिहरूसँग सम्बन्धित उपशाखाहरू (जीव विज्ञान, भौतिक विज्ञान, पृथ्वी विज्ञान, जलवायु परिवर्तन, कृतिम बुद्धिमता, नानो टेक्नोलोजी, बायोटेक्नोलोजी, सहायक सामग्री प्रविधि (AT) लयागत) बन्न सक्नेछन
- प्रविधिको विकास, परीक्षण र विस्तारका लागि निजी क्षेत्र र सरकारी निकायहरूबीच व्यावसायिक सहकार्य गर्न बिशेष कार्यक्रम गर्ने।
- प्राज्ञिक अनुसन्धान तथा रैथाने प्रविधिलाई परिष्कृत (प्रविधि आधुनिकीकरण) गर्दै minimum viable product बनाउन सहजीकरण गर्ने तथा बजारीकरण गर्न सहजीकरण गर्ने
- नवप्रवर्तन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र विश्वविद्यालयहरू बीच स्थायी समन्वय तथा संयुक्त अनुसन्धान संयन्त्र निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने।
- अन्तर्राष्ट्रिय संस्था तथा केन्द्रहरूसँग प्रविधि हस्तान्तरण तथा सहकार्यका क्षेत्र पहिचान गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको आदान-प्रदान गर्ने।
- प्रविधि विकास तथा हस्तान्तरणसँग सम्बन्धित कार्यहरू गर्ने
- स्थानीय आवश्यकता, भौगोलिक अवस्था र स्रोत साधनमा आधारित प्रविधिहरूको पहिचान, परिमार्जन र प्रवर्द्धन सम्बन्धि कार्यहरू गर्ने।
- बिदेशी आधुनिक प्रविधिलाई उद्योग र क्षेत्र अनुकूल हुने गरी भित्र्याउन नीतिगत, कानुनी र व्यावहारिक सहजीकरण गर्ने।
- व्यवसायीकरण र बजारमा गइसकेका स्वदेशी प्रविधिहरूको आर्थिक प्रभाव मूल्याङ्कन गर्ने।
- नवप्रवर्तन, प्रविधि हस्तान्तरण र सूचना प्रविधिको एकीकृत विकासका लागि सार्वजनिक, निजी र प्राज्ञिक क्षेत्र बीच साझेदारी मोडेल (Triple Helix Model) को विकास र कार्यान्वयन गर्ने।
- विकास साझेदार, अन्तराष्ट्रिय संघ संस्था तथा प्रवासी नेपाली र प्रवासी नेपालीको अगुवाईमा खुलेका संघसंस्थाहरूसँग बिज्ञान प्रविधि विकास तथा नवप्रवर्तनसँग सम्बन्धित कार्यहरूको लागि आवश्यक द्विपक्षीय तथा बहुपक्षीय समझदारी गर्ने तथा नेपाली अनुसन्धान तथा नवाप्रवर्तनसँग सम्बन्धित सहकार्यको लागि समन्वय गर्ने।
- वैदेशिक क्षेत्रमा विकास भएका नवीनतम प्रविधि, नवप्रवर्तन र स्थापित अभ्यासहरूलाई नेपाल अनुकूल परिमार्जन गरी नेपाल भित्र्याउन कानुनी, नीतिगत र व्यावहारिक सहजीकरण गर्ने।
- विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका लागि आवश्यक राष्ट्रिय प्रतिभा तथा दक्ष जनशक्तिको विकास, व्यवस्थापन र परिचालन सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने। मन्त्रालयको समग्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मानव पूँजी विकास रणनीति, नीति तथा कार्यक्रमको समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रतिभा, विज्ञ तथा विशेषज्ञहरूको पहिचान, अभिलेखीकरण, संजालीकरण र परिचालन गर्ने।
- विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षा, अनुसन्धान संस्कृति तथा नवप्रवर्तनमुखी मानव पूँजी विकासलाई प्रवर्द्धन गर्ने।
- अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, नवप्रवर्तक तथा उद्यमीहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
- राष्ट्रिय प्राथमिकता तथा विकास आवश्यकताअनुरूप विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको जनशक्ति आवश्यकता, सीप माग तथा भविष्यका दक्षता सम्बन्धी अध्ययन, विश्लेषण र पूर्वानुमान गर्ने। विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग तथा अन्य सरोकारवालाबीच मानव संसाधन विकास, ज्ञान आदान-प्रदान तथा सहकार्यलाई सुदृढ गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा राष्ट्रिय प्रतिभा संरक्षण, आकर्षण तथा पुनःआकर्षण (Talent Retention and Attraction) सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
- नेपाली डायस्पोरा (गैरआवासीय नेपाली र विदेशमा रहेका नेपाली) उद्यमीहरूलाई नेपालको प्रविधि क्षेत्र, अनुसन्धान तथा विकास र नवप्रवर्तनका परियोजनामा उद्यमशीलता वा उद्यम पूँजीका रूपमा लगानी गर्न आकर्षित गर्ने।
- विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई अल्पकालीन वा दीर्घकालीन रूपमा स्वदेश फर्केर काम गर्न प्रोत्साहन गर्ने तथा सहजीकरणका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय तथा सहजीकरण गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा प्राप्त हुने वैदेशिक ऋण, अनुदान तथा प्राविधिक सहयोग सम्बन्धी प्रस्ताव (Proposals), द्विपक्षीय/बहुपक्षीय सम्झौता र समझदारी पत्र (MoU) को तयारी र सहजीकरण गर्ने।
- वैदेशिक सहायतामा प्राप्त रकम, प्रविधि र नेपाल सरकारको आन्तरिक स्रोत बीच दोहोरोपन नहुने गरी समन्वय र स्रोत साधनको अधिकतम परिचालन सुनिश्चित गर्ने।
- विज्ञान प्रविधि क्षेत्रका आयोजनाहरूसँग सम्बन्धित दातृ संस्थाहरू, प्राविधिक विज्ञ टोली तथा वैदेशिक मिशनहरूको समन्वय, बैठक र कार्य सञ्चालन गर्ने।
- विदेशमा रहेका नेपाली वैज्ञानिक, इन्जिनियर, प्राविधिक, शोधकर्ता र नवप्रवर्तकहरूको विधागत विवरणसहितको राष्ट्रिय डिजिटल प्रोफाइल तयार गरी अद्यावधिक गर्ने।
- स्वीकृत परियोजना अन्तर्गत नेपाल आउने विदेशी सल्लाहकार, स्वयंसेवक, प्राविधिक तथा वैज्ञानिक विशेषज्ञहरूको आधिकारिक र गैर-पर्यटकीय भिसा सिफारिस सम्बन्धी कार्य गर्ने।
- नेपाली डायस्पोरा तथा अन्तर निकाय समन्वय शाखाले समग्र कूटनीतिक संवाद, सम्झौता र वैदेशिक सहायता परिचालन सम्बन्धी कार्यको नेतृत्व गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र वैज्ञानिक पूर्वाधार विस्तारका लागि आवश्यक वैदेशिक सहायता र प्रविधिको आवश्यकता पहिचान (Needs Assessment) गर्ने।
- वैदेशिक सहायतामा प्राप्त रकम, प्रविधि र नेपाल सरकारको आन्तरिक स्रोत बीच दोहोरोपन नहुने गरी समन्वय र स्रोत साधनको अधिकतम परिचालन सुनिश्चित गर्ने।
- स्वीकृत अन्तर्राष्ट्रिय परियोजनाहरूको सम्झौता बमोजिम नेपाल भित्र्याइने वैज्ञानिक अनुसन्धानका सामग्री र प्रयोगशाला उपकरणहरूको भन्सार छुट तथा आयात सहजीकरण गर्ने।
- वैदेशिक सहायतामा सञ्चालित योजनाहरूको नियमित आवधिक तथा अन्तिम मूल्याङ्कन (Terminal Evaluation) गर्ने कार्यमा विषयगत महाशाखाहरूसँग समन्वय गर्ने।
- मन्त्रालयले तोकेका अन्य कार्यहरु गर्ने।
1.1 नीति, योजना तथा बजेट शाखा
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विविध विधाहरूमा राष्ट्रिय नीति, ऐन, नियमको तर्जुमा, कार्यान्वयन गर्ने तथा मौजुदा नीतिको समयसापेक्ष परिमार्जनका लागि प्राज्ञिक र अन्तर्राष्ट्रिय विकास संस्थाहरूसँग निकटतम सम्बन्ध स्थापित गर्ने।
- देशको सर्वाङ्गीण आर्थिक-सामाजिक रूपान्तरणका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन (STI) क्षेत्रको दीर्घकालीन सोच (Vision) र रणनीतिक खाका तयार गर्ने।
- कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, ऊर्जा र वातावरण जस्ता विभिन्न क्षेत्रगत मन्त्रालयहरूका रणनीतिहरूलाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिसँग एकीकृत र सङ्श्लेषण गरी अन्तर-निकाय रणनीतिक समन्वय गर्ने।
- नेपालको संविधानको अनुसूची ५, ७ र ९ को क्षेत्राधिकारका आधारमा तीनवटै तह (सङ्घ, प्रदेश र स्थानीय तह) का रणनीतिक योजनाहरू बीच नीतिगत तादात्म्यता र सन्तुलन कायम गर्ने।
- कार्यान्वयनमा रहेका राष्ट्रिय विज्ञान तथा प्रविधि सम्बन्धी रणनीतिक योजनाहरूको मध्यावधि तथा अन्तिम समीक्षा गर्ने र नेपाल सरकारलाई उच्चस्तरीय नीतिगत राय एवं सिफारिस उपलब्ध गराउने।
- सङ्घीयताको मर्म अनुरूप संविधानको अनुसूची ७ र ९ बमोजिम प्रदेश र स्थानीय तहमा सञ्चालन हुने प्रादेशिक/स्थानीय प्रविधि हस्तान्तरण र वैज्ञानिक अनुसन्धान सम्बन्धी कार्यक्रमहरूमा प्राविधिक समन्वय गर्ने।
- प्रदेश र स्थानीय तहका विज्ञान प्रविधि सम्बन्धी योजनाहरूलाई राष्ट्रिय प्राथमिकताका योजनाहरूसँग आबद्ध गर्न नीतिगत र प्राविधिक सहजकर्ताको भूमिका निर्वाह गर्ने।
- स्थानीय तथा प्रादेशिक तहमा भएका नवीनतम वैज्ञानिक उपलब्धि र चुनौतीहरूको लगत संकलन गरी एकीकृत डाटाबेस तयार गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र वैज्ञानिक पूर्वाधार विस्तारका लागि आवश्यक वैदेशिक सहायता र प्रविधिको आवश्यकता पहिचान (Needs Assessment) गर्ने।
- वैदेशिक सहायतामा प्राप्त रकम, प्रविधि र नेपाल सरकारको आन्तरिक स्रोत बीच दोहोरोपन नहुने गरी समन्वय र स्रोत साधनको अधिकतम परिचालन सुनिश्चित गर्ने।
- वैदेशिक सहायतामा सञ्चालित योजनाहरूको नियमित आवधिक तथा अन्तिम मूल्याङ्कन (Terminal Evaluation) गर्ने कार्यमा विषयगत महाशाखाहरूसँग समन्वय गर्ने।
- योजना, बजेट तथा कार्यक्रम शाखाको समग्र प्राविधिक एवं प्रशासनिक कार्यहरूको योजना तर्जुमा, कार्यान्वयन, सुपरिवेक्षण र कार्यविभाजन गर्ने।
- मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निकायहरूको वार्षिक कार्यक्रम, बजेट तर्जुमा तथा मध्यमकालीन खर्च संरचना (MTEF) को प्रारुप तयार गरी स्वीकृतिका लागि पेश गर्ने।
- वार्षिक बजेट सिलिङ, मार्गदर्शन र आयोजना स्वीकृतिका सम्बन्धमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क विन्दुको रूपमा आवश्यक समन्वय गर्ने।
- स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा आधारित रहेर मन्त्रालय र मातहतका आयोजनाहरूको लागि आवधिक योजनाहरू परिमार्जन वा रकमान्तर सम्बन्धी विषयगत महाशाखाहरूको प्राविधिक राय लिई प्रस्ताव तयार गर्ने।
- शाखा अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्दा सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका र आर्थिक कार्यविधि ऐनको पूर्ण पालना गराउने।
- मन्त्रालयले तोकेका अन्य कार्यहरु गर्ने।
1.2 अनुगमन, मूल्याङ्कन तथा तथ्यांक शाखा
- अनुगमन, मूल्याङ्कन तथा प्रादेशिक/स्थानीय समन्वय शाखाको वार्षिक अनुगमन कार्ययोजना (Monitoring Plan) तर्जुमा र कार्यान्वयनको नेतृत्व गर्ने।
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठकको कार्यसूची तयार गर्ने, बैठक आयोजना गर्ने र निर्णयहरूको कार्यान्वयनको अनुगमन गर्ने।
- राष्ट्रिय विकास समस्या समाधान समिति (NDAC) र राष्ट्रिय योजना आयोगको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट प्राप्त निर्देशनहरूको पालना र कार्यान्वयन गराउने।
- प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय लगायतका सरोकारवाला निकायबाट निर्देशन भई आएका कार्ययोजनाहरूको प्रगति प्रतिवेदन समयमै पठाउने व्यवस्था मिलाउने।
- मन्त्रालयद्वारा सञ्चालित उच्च लगानीका वैज्ञानिक आयोजना तथा कार्यक्रमहरूको तेस्रो पक्ष (Third-party) मार्फत प्रभाव मूल्याङ्कन (Impact Evaluation) गराउने कार्यको नेतृत्व गर्ने।
- विज्ञान प्रविधि तथा नवप्रवर्तनमा नेपाल सरकारले गरेको लगानीका साथै मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट भएको लगानीको अनुगमन गारतथा सो को मुल्यांकन गर्ने/ गराउने।
- मन्त्रालय र मातहतका निकायहरूबाट आर्थिक वर्ष भरि सम्पादन गरिएका मुख्य-मुख्य वैज्ञानिक उपलब्धि र कार्यहरूको एकीकृत प्रगति विवरण पुस्तिका तयार गरी वार्षिक रूपमा प्रकाशन गर्ने।
- राष्ट्रिय स्तरमा बिज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित डाटाबेस बनाउने तथा अध्यावधिक गर्ने।
- मन्त्रालयबाट तथा मन्त्रालयका मातहतका निकायहरूका कार्यक्रमहरू, बजेट, तथा कार्यन्वयनको अवस्थासँग सम्बन्धित सम्पूर्ण डाटाबेस बनाउने तथा अध्यावधिक गर्ने।
- मुलुकभरका विभिन्न निकायहरूमा छरिएर रहेका वैज्ञानिक तथ्याङ्क, अनुसन्धान प्रतिवेदन र प्रविधि सम्बन्धी सूचकहरूको एकीकृत राष्ट्रिय डेटाबेस (National STI Portal) निर्माण गर्ने र अन्य निकायहरुका लागि अन्तर-निकाय सहजीकरण गर्ने।
- योजना तथा रणनीति शाखाको लागि आवश्यक सूचना, तथ्यांक तयार गर्ने/गराउने।
1.3 स्रोत परिचालन शाखा
- विज्ञान प्रविधिको उन्नयनका लागि नवप्रवर्तनको क्षेत्रमा स्रोत परिचालन सम्बन्धी कार्यविधि तर्जुमा र स्रोतको न्यायोचित परिचालन तथा व्यवस्थापन गर्ने।
- विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उपलब्ध वित्तीय स्रोत, अनुदान, र वैदेशिक सहायताको पहिचान गर्ने।
- स्रोतको परिचालन मार्फत प्रारम्भिक चरणका आविष्कारक र विद्यार्थीहरूलाई “आइडिया ग्राण्ट” (Idea Grants) र परीक्षण अनुदान (Proof of Concept Funding) वितरण एवं व्यवस्थापन गर्ने।
- स्रोतको दोस्रो चरणको बजेट मार्फत प्रविधि व्यवसायीकरणका लागि सहुलियतपूर्ण ऋण, म्याचिङ ग्राण्ट (Matching Grant) वा भेन्चर क्यापिटल (Venture Capital) को वित्तीय साझेदारी ढाँचा व्यवस्थापन गर्ने।
- स्रोत परिचालनको कार्यविधि तर्जुमा, स्रोतको न्यायोचित एवं पारदर्शी परिचालन,
- वित्तीय स्रोत परिचालन गरिएका कार्यहरुको अनुगमन तथा प्राप्त भएका आयोजनाहरूको प्राविधिक र वित्तीय लेखापरीक्षण र प्रभाव मूल्यांकन गर्ने/गराउने।
- अनुदान व्यवस्थापन तथा अनुसन्धान व्यवस्थापनसँग सम्बन्धित कार्यहरू गर्ने।
- अनुसन्धान तथा नवाप्रवर्तनको लागि निजी क्षेत्र लगायत अन्य बैकल्पिक श्रोत पहिचान गरी अनुसन्धान/प्रविधि विकासमा सहकार्य गर्ने वातावरण निर्माण गर्दै अनुसन्धान तथा नवप्रवर्तन वित्त व्यवस्थापन गर्ने तथा वैकल्पिक श्रोत परिचालन गर्न आवश्यक सहजीकरण गर्ने।
1.4 प्रविधि प्रवर्द्वन तथा हस्तान्तरण शाखा
- सफल साबित भएका प्रविधि तथा नवप्रवर्तनकारी उत्पादनहरूको व्यवसायीकरण, औद्योगिक उत्पादन र बजार सुनिश्चितताका लागि आवश्यक पूर्वाधार र प्रविधि परीक्षण केन्द्र स्थापना गर्न सहजीकरण गर्ने।
- प्रविधि हस्तान्तरण तथा व्यवसायीकरण शाखाको कार्ययोजना तर्जुमा, बजेट परिचालन र नीतिगत कार्यान्वयनको नेतृत्व गर्ने।
- अनुधान केन्द्र र प्रयोगशालाहरूमा सफल प्रमाणित भएका नवीनतम प्रविधिहरूलाई उद्योग र बजारमा हस्तान्तरण तथा व्यवसायीकरण गर्न नीतिगत एवं कानुनी सहजीकरण गर्ने।
- स्रोतको दोस्रो चरणको बजेट मार्फत प्रविधि व्यवसायीकरणका लागि सहुलियतपूर्ण ऋण, म्याचिङ ग्राण्ट (Matching Grant) वा भेन्चर क्यापिटल (Venture Capital) को वित्तीय साझेदारी ढाँचा तयार गरी सहयोग तथा समन्वय गर्ने।
- सरकारी तथा सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी नवप्रवर्तनकारी प्रविधि, सफ्टवेयर र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने (Public Procurement of Innovation) नीतिको कार्यान्वयन र सहजीकरण गर्ने।
- संरचना निर्माण वा क्रियाकलाप सञ्चालनबाट जीव विज्ञान, भौतिक विज्ञान, पृथ्वी विज्ञान, जलवायु परिवर्तन, कृतिम बुद्धिमता, नानो टेक्नोलोजी, बायोटेक्नोलोजी, सहायक सामग्री प्रविधि (AT) जस्ता क्षेत्रमा प्रविधि विकासको लागि आवश्यक प्रवर्द्वनात्मक क्रियाकलापहरू गर्ने/गराउने ।
- प्रविधिको विकास, परीक्षण र विस्तारका लागि निजी क्षेत्र र सरकारी निकायहरूबीच व्यावसायिक सहकार्य गर्न बिशेष कार्यक्रम गर्ने।
- विभिन्न सरकारी अनुसन्धान प्रतिष्ठानहरू (जस्तै: NARC, NAST, KMC आदि) र विश्वविद्यालयहरूमा विकास भएका प्रविधिहरूलाई उद्योग मन्त्रालय र निजी क्षेत्रसँग समन्वय गरी बजारमा लैजान सेतुको कार्य गर्ने।
- प्राज्ञिक अनुसन्धान तथा रैथाने प्रविधिलाई परिष्कृत (प्रविधि आधुनिकीकरण) गर्दै minimum viable product बनाउन सहजीकरण गर्ने तथा बजारीकरण गर्न सहजीकरण गर्ने
- प्रविधि विकास तथा हस्तान्तरणसँग सम्बन्धित कार्यहरू गर्ने
- स्थानीय आवश्यकता, भौगोलिक अवस्था र स्रोत साधनमा आधारित प्रविधिहरूको पहिचान, परिमार्जन र प्रवर्द्धन सम्बन्धि कार्यहरू गर्ने।
- व्यवसायीकरण र बजारमा गइसकेका स्वदेशी प्रविधिहरूको आर्थिक प्रभाव मूल्याङ्कन गर्ने।
1.5 वैज्ञानिक प्रतिभा खोज तथा जनशक्ति विकास शाखा
- विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रका लागि आवश्यक राष्ट्रिय प्रतिभा तथा दक्ष जनशक्तिको विकास, व्यवस्थापन र परिचालन सम्बन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन गर्ने। मन्त्रालयको समग्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मानव पूँजी विकास रणनीति, नीति तथा कार्यक्रमको समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रतिभा, विज्ञ तथा विशेषज्ञहरूको पहिचान, अभिलेखीकरण, संजालीकरण र परिचालन गर्ने।
- विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षा, अनुसन्धान संस्कृति तथा नवप्रवर्तनमुखी मानव पूँजी विकासलाई प्रवर्द्धन गर्ने।
- अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, नवप्रवर्तक तथा उद्यमीहरूको क्षमता अभिवृद्धि, पेशागत विकास तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने।
- राष्ट्रिय प्राथमिकता तथा विकास आवश्यकताअनुरूप विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको जनशक्ति आवश्यकता, सीप माग तथा भविष्यका दक्षता सम्बन्धी अध्ययन, विश्लेषण र पूर्वानुमान गर्ने। विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग तथा अन्य सरोकारवालाबीच मानव संसाधन विकास, ज्ञान आदान-प्रदान तथा सहकार्यलाई सुदृढ गर्ने।
- मुलुकको आर्थिक रूपान्तरणका लागि आवश्यक पर्ने वैज्ञानिक, इन्जिनियर, प्राविधिक र अनुसन्धानकर्ताहरूको दीर्घकालीन माग र आपूर्तिको प्रक्षेपण गरी 'राष्ट्रिय विज्ञान र प्रविधि जनशक्ति विकास गुरुयोजना' तर्जुमा गर्ने।
- प्रतिभा पलायन रोक्ने र पुनःआकर्षण कार्यक्रम (Brain Gain) सञ्चालन गर्न विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिक विज्ञहरूलाई स्वदेशका अनुसन्धान परियोजनामा जोड्न र देशभित्रै रहेका युवा प्रतिभाहरूलाई रोक्न 'युवा वैज्ञानिक फेलोसिप' र 'पोस्ट-डक्टोरल रिसर्च ग्रान्ट' जस्ता कार्यक्रम सञ्चालन गर्ने।
- विद्यालय र कलेज तहदेखि नै विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) शिक्षाको पाठ्यक्रम र शिक्षण पद्धति सुधार गर्न शिक्षा मन्त्रालयसँग सहकार्य गरी अनुसन्धानमुखी प्रतिभाको जग बसाल्ने।
- चौथो औद्योगिक क्रान्तिका संवाहक मानिने कृत्रिम बुद्धिमत्ता (AI), अति सुक्ष्म प्रविधि, जैविक प्रविधि, डेटा साइन्स र क्वान्टम कम्प्युटिङ जस्ता क्षेत्रमा स्वदेशी जनशक्तिलाई दक्ष बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उच्च-स्तरीय तालिम कार्यक्रम सञ्चालन गर्ने।
1.6 उद्यमशीलता तथा बौद्धिक सम्पत्ति सम्बर्द्वन शाखा
- विज्ञान, प्रविधिको अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनमा संलग्न जनशक्तिको उद्यमशीलता तथा बौद्धिक सम्पत्ति प्रवर्द्धन सम्बन्धी नीति, रणनीति, योजना, मापदण्ड, कार्यविधि तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने।
- नवप्रवर्तनमा आधारित उद्यम, स्टार्टअप उद्यमको स्थापना, विकास तथा विस्तारका लागि आवश्यक कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्ने।
- विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, निजी क्षेत्र, वित्तीय संस्था तथा विकास साझेदारबीच नवप्रवर्तनमा आधारित उद्यमशीलता तथा बौद्धिक सम्पत्ति प्रवर्द्धनका लागि सहकार्य तथा साझेदारी विकास गर्ने।
- अनुसन्धान तथा विकासबाट प्राप्त ज्ञान, प्रविधि, आविष्कार तथा नवप्रवर्तनको औद्योगिकीकरण तथा बौद्धिक सम्पत्ति प्रवर्द्धन एवं संरक्षणका लागि आवश्यक समन्वय, सहजीकरण, प्रशिक्षण, क्षमता विकाससँग सम्बन्धित कार्य गर्ने।
- प्रविधिमा आधारित उद्यमहरुलाई नवप्रवर्तनमैत्री बनाउँदै विकास तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने।
- अनुसन्धानका नतिजाहरुलाई उद्यममा रुपान्तरण गर्न औद्योगिक बौद्धिक सम्पत्ति बिकास तथा अधिकार संरक्षण, व्यवसाय विकास, बजार पहुँच, गुणस्तर अभिवृद्धि तथा नियामकीय प्रक्रियासम्बन्धी सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलता, स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी सम्मेलन, प्रदर्शनी, प्रतियोगिता, नेटवर्किङ तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन तथा सहभागिता समन्वय गर्ने।
- उद्यमशीलता तथा स्टार्टअप पारिस्थितिकीय प्रणाली विकासका लागि आवश्यक संस्थागत संरचना, इन्क्युबेसन केन्द्र, नवप्रवर्तन केन्द्र तथा प्रविधि व्यवसाय इन्क्युबेटरहरूको विकास र सुदृढीकरणमा सहजीकरण गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा आधारित उद्यमहरूको तथ्याङ्क, सूचना तथा ज्ञान व्यवस्थापन प्रणाली विकास गरी अभिलेखीकरण, विश्लेषण तथा प्रकाशन गर्ने।
- उत्पादनमूलक नतिजा दिने नवप्रवर्तनको पारिस्थितिकीय प्रणाली विकासका लागि सञ्चालन गरिने कार्यक्रमहरूको प्रभाव मूल्याङ्कन, कार्यसम्पादन समीक्षा तथा नीतिगत सुधारका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा सिफारिस गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा आधारित उद्यमशीलता विकाससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, असल अभ्यास तथा उदीयमान प्रवृत्तिको अध्ययन गरी नीतिगत सुधारका लागि सिफारिस गर्ने।
1.7 नेपाली डायस्पोरा, वैदेशिक तथा अन्तर निकाय समन्वय शाखा
- वैदेशिक सहायतामा प्राप्त रकम, प्रविधि र नेपाल सरकारको आन्तरिक स्रोत बीच दोहोरोपन नहुने गरी समन्वय र स्रोत साधनको अधिकतम परिचालन सुनिश्चित गर्ने।
- बिदेशी आधुनिक प्रविधिलाई उद्योग र क्षेत्र अनुकूल हुने गरी भित्र्याउन नीतिगत, कानुनी र व्यावहारिक सहजीकरण गर्ने।
- विकास साझेदार, अन्तराष्ट्रिय संघ संस्था तथा प्रवासी नेपाली र प्रवासी नेपालीको अगुवाईमा खुलेका संघसंस्थाहरूसँग बिज्ञान प्रविधि विकास तथा नवप्रवर्तनसँग सम्बन्धित कार्यहरूको लागि आवश्यक द्विपक्षीय तथा बहुपक्षीय समझदारी गर्ने तथा नेपाली अनुसन्धान तथा नवाप्रवर्तनसँग सम्बन्धित सहकार्यको लागि समन्वय गर्ने।
- वैदेशिक क्षेत्रमा विकास भएका नवीनतम प्रविधि, नवप्रवर्तन र स्थापित अभ्यासहरूलाई नेपाल अनुकूल परिमार्जन गरी नेपाल भित्र्याउन कानुनी, नीतिगत र व्यावहारिक सहजीकरण गर्ने।
- वैज्ञानिक अनुसन्धान, प्रविधि विकासका लागि वैदेशिक अनुदान, प्राविधिक सहयोग वा संयुक्त कोष परिचालन गर्न परराष्ट्र मन्त्रालयको सहयोगमा दातृ निकायहरूसँग संवाद र समन्वय गर्ने।
- विदेशमा रहेका नेपाली वैज्ञानिक, इन्जिनियर, प्राविधिक, शोधकर्ता र नवप्रवर्तकहरूको विधागत विवरणसहितको राष्ट्रिय डिजिटल प्रोफाइल तयार गरी अद्यावधिक गर्ने।
- अन्तरास्ट्रिय संघसंस्थाहरूसँग नवप्रवर्तन तथा प्रविधि विकास र अनुसन्धानको लागि नेपाली संघसंस्थाहरूसँग सहकार्यको लागि सहजीकरण गर्ने ।
- गैरआवासीय नेपाली र विदेशमा रहेका नेपाली उद्यमीहरूलाई नेपालको प्रविधि क्षेत्र, अनुसन्धान तथा विकास र नवप्रवर्तनका परियोजनामा उद्यमशीलता वा उद्यम पूँजीका रूपमा लगानी गर्न आकर्षित गर्ने।
- विदेशमा रहेका नेपाली वैज्ञानिकहरूलाई अल्पकालीन वा दीर्घकालीन रूपमा स्वदेश फर्केर काम गर्न प्रोत्साहन गर्ने तथा सहजीकरणका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय तथा सहजीकरण गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा प्राप्त हुने वैदेशिक ऋण, अनुदान तथा प्राविधिक सहयोग सम्बन्धी प्रस्ताव (Proposals), द्विपक्षीय/बहुपक्षीय सम्झौता र समझदारी पत्र (MoU) को तयारी र सहजीकरण गर्ने।
- विज्ञान प्रविधि क्षेत्रका आयोजनाहरूसँग सम्बन्धित दातृ संस्थाहरू, प्राविधिक विज्ञ टोली तथा वैदेशिक मिशनहरूको समन्वय, बैठक र कार्य सञ्चालन गर्ने।
- स्वीकृत परियोजना अन्तर्गत नेपाल आउने विदेशी सल्लाहकार, स्वयंसेवक, प्राविधिक तथा वैज्ञानिक विशेषज्ञहरूको आधिकारिक र गैर-पर्यटकीय भिसा सिफारिस सम्बन्धी कार्य गर्ने।
- स्वीकृत अन्तर्राष्ट्रिय परियोजनाहरूको सम्झौता बमोजिम नेपाल भित्र्याइने वैज्ञानिक अनुसन्धानका सामग्री र प्रयोगशाला उपकरणहरूको भन्सार छुट तथा आयात सहजीकरण गर्ने।
- अन्तर्राष्ट्रिय समन्वय तथा वैदेशिक सहायता शाखाको समग्र कूटनीतिक संवाद, सम्झौता र वैदेशिक सहायता परिचालन सम्बन्धी कार्यको नेतृत्व गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र वैज्ञानिक पूर्वाधार विस्तारका लागि आवश्यक वैदेशिक सहायता र प्रविधिको आवश्यकता पहिचान (Needs Assessment) गर्ने।
- वैदेशिक सहायतामा सञ्चालित योजनाहरूको नियमित आवधिक तथा अन्तिम मूल्याङ्कन (Terminal Evaluation) गर्ने कार्यमा विषयगत महाशाखाहरूसँग समन्वय गर्ने।
- बिज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित सम्पूर्ण कार्यहरूको लागि बिषयगत मन्त्रालय तथा निकायहरूसँग समन्वय गर्ने
- प्रविधि विकास तथा अनुसन्धानको लागि आवश्यक अनुमति, प्रमाणीकरण तथा सहजीकरणको लागि सम्बन्धित बिषयगत मन्त्रालय तथा निकायहरूसँग समन्वय गरी प्रविधि विकास गर्ने, अनुसन्धानकर्ता, नवप्रवर्तकहरू (व्यक्ति तथा संस्था)लाई सहजीकरण गर्ने।
- विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिको कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालयहरू र प्रदेश सरकारका सरोकारवाला निकायहरूबीच नीतिगत सामाञ्जस्यता र समन्वय कायम गर्ने।
- नवप्रवर्तन प्रवर्द्धनका लागि सरकार (सार्वजनिक निकाय), निजी क्षेत्र (उद्योग/वाणिज्य) र प्राज्ञिक क्षेत्र (विश्वविद्यालय/अनुसन्धान केन्द्र) बीच संस्थागत र स्थायी समन्वय संयन्त्र निर्माण गर्ने।
- उद्योग र निजी क्षेत्रलाई आफ्नो कुल नाफाको निश्चित हिस्सा अनुसन्धान र विकास (R&D) मा लगानी गर्न अभिप्रेरित गर्ने नीतिगत वातावरणका लागि अर्थ मन्त्रालय र उद्योग वाणिज्य महासंघसँग समन्वय गर्ने।
- सार्वजनिक निकायहरूले खरिद गर्दा स्वदेशी नवप्रवर्तनकारी प्रविधि, सफ्टवेयर र आविष्कारलाई प्राथमिकता दिने सम्बन्धी 'Public Procurement of Innovation' नीतिको कार्यान्वयनका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयसँग समन्वय गर्ने।
- सातै प्रदेशमा विज्ञान र प्रविधिको विस्तारका लागि प्रदेशका सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी प्रादेशिक नवप्रवर्तन केन्द्र वा साझेदारी संयन्त्र स्थापनामा प्राविधिक सहयोग पुर्याउने।
- सूचना प्रविधि, कृषि प्रविधि, स्वास्थ्य अनुसन्धान लगायतका क्षेत्रमा विभिन्न मन्त्रालयहरूबाट हुने अनुसन्धान कार्यमा बजेट र कार्यक्षेत्रको दोहोरोपन हुन नदिन समन्वयकारी भूमिका खेल्ने।
- नवप्रवर्तन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र विश्वविद्यालयहरू बीच स्थायी समन्वय तथा संयुक्त अनुसन्धान संयन्त्र निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने।