प्रशासन महाशाखा
- विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा प्राप्त हुने वैदेशिक ऋण, अनुदान तथा प्राविधिक सहयोग सम्बन्धी प्रस्ताव (Proposals), द्विपक्षीय/बहुपक्षीय सम्झौता र समझदारी पत्र (MoU) को तयारी र सहजीकरण गर्ने।
- महाशाखा र मातहतका शाखाहरूबाट कार्यक्रम सञ्चालन गर्दा सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिकाको पूर्ण पालना गराउने र मन्त्रालयले तोकेका अन्य रणनीतिक कार्यहरू गर्ने।
- मन्त्रिपरिषद्को बैठक तथा संसदमा पेश गर्नुपर्ने प्रशासनसम्बन्धी नीतिगत निर्णयका विषयहरू।
- मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, पदस्थापना, पुरस्कार, विभागीय सजाय, अवकाश, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी कार्यहरू।
- मन्त्रालयको स्वीकृत वार्षिक बजेट र आर्थिक कार्यविधि नियमावलीको परिधिमा रही खर्च गर्ने, लेखा परीक्षण गराउनेसम्बन्धी कार्यहरू।
- मन्त्रालयको चालु तथा पूँजीगततर्फको बजेट तयार गर्ने गराउने, निकासा गर्ने, गराउने, केन्द्रीय हिसाब तयार गरी पेश गर्ने, गराउने कार्यहरू।
- मन्त्रालय तथा मातहत निकायहरूको केन्द्रीय हिसाब तयार गरी पेश गर्ने गराउने र बेरूजु फर्छ्यौट गर्ने गराउने कार्यहरू।
- कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन र अन्य गतिविधि र क्रियाकलापहरूको व्यक्तिगत अभिलेख अद्यावधिक राख्ने राख्न लगाउने कार्यहरू।
- कानुनी राय परामर्श, ऐन-नियमको मस्यौदा राजपत्रमा सूचना प्रकाशन, रिट निवेदनहरूको लिखित जवाफसम्बन्धी कार्यहरू।
- नागरिकले पाउनुपर्ने सेवा, सुविधा समूचित ढङ्गले पाए नपाएको, नागरिक बडापत्रको कार्यान्वयन स्थिति एवम् मानव संशाधन विकासका कार्यहरू।
- सबै महाशाखाहरूको प्रशासकीय कार्य सम्पादन गर्न समन्वय, सहयोग र नेतृत्त्वदायी कार्यहरू।
- मन्त्रालय र अन्तर्गतका निकायहरूको कर्मचारीहरूको सेवा, शर्त तथा वृत्ति विकास लगायतका प्रचलित ऐन नियमसम्बन्धी कार्यहरू।
- आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको कार्यक्रम सञ्चालन गर्दा आवश्यकताअनुसार लागत अनुमान स्वीकृत गर्ने, बोलपत्र तथा दरभाउपत्रसम्बन्धी कागजातहरू स्वीकृत गर्ने, कार्यविवरण स्वीकृत गर्ने तथा परामर्शदाता एवम् आपूर्तिकर्ताहरूसँग सम्झौता गर्ने कार्यहरू।
- आफ्नो महाशाखा अन्तर्गतका शाखाहरूको लागि विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र गरी खरीद योजना तयार गर्न लगाउने कार्यहरू।
- मन्त्रालय र मातहतका निकाय, कार्यालयसँग सम्बन्धित जनगुनासो तथा उजुरी सुन्ने र सोको आवश्यक कारबाही गरी फर्छ्यौट गर्ने कार्यहरू।
- हेलो सरकार कक्ष सञ्चालन निर्देशिका २०६८ अनुसारका कार्यहरू सम्पादन गर्न आवश्यक पर्ने भौतिक साधनहरू (जस्तैः फ्याक्स, फोटोकपी, ल्यापटप, मोबाइल, इन्टरनेट, हलुका सवारी साधन, आदि) को प्राप्ति र तिनको सदुपयोग सुनिश्चित गर्नेसम्बन्धी कार्यहरू।
- वैज्ञानिक अनुसन्धान, प्रविधि विकासका लागि वैदेशिक अनुदान, प्राविधिक सहयोग वा संयुक्त कोष परिचालन गर्न परराष्ट्र मन्त्रालयको सहयोगमा दातृ निकायहरूसँग संवाद र समन्वय गर्ने।
- अन्तरास्ट्रिय संघसंस्थाहरूसँग नवप्रवर्तन तथा प्रविधि विकास र अनुसन्धानको लागि नेपाली संघसंस्थाहरूसँग सहकार्यको लागि सहजीकरण गर्ने ।
- मन्त्रालयले तोकेबमोजिम अन्य कार्यहरू।
१.१ प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा
- मन्त्रालय र अन्तर्गतका निजामती कर्मचारीहरूको नियुक्ति, सरूवा, पदस्थापना, पुरस्कार, विभागीय सजाय, अवकाश, स्वदेशी तथा विदेशी तालिम, अध्ययन, भ्रमण, गोष्ठी, सेमिनारसम्बन्धी कार्यहरूको व्यवस्थापन गर्ने।
- आफ्नो शाखाका कर्मचारीहरूलाई कार्यविभाजन गरी काम लगाउने, नियन्त्रण, निर्देशन र समन्वय गर्ने, गराउने कार्यहरू सम्पादन गर्ने।
- सँगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) सम्बन्धी प्रारम्भिक कार्य गर्ने र निर्णयानुसार पत्राचार गर्ने कार्यको नेतृत्व गर्ने।
- नागरिकले पाउनुपर्ने सेवा, सुविधा समूचित ढङ्गले पाए नपाएको, नागरिक बडापत्रको कार्यान्वयन स्थिति एवम् मानव संशाधन विकासका कार्यहरू सुनिश्चित गर्ने।
- सबै महाशाखाहरूको प्रशासकीय कार्य सम्पादन गर्न समन्वय, सहयोग र नेतृत्त्वदायी कार्यहरू गर्ने।
१.२ आर्थिक प्रशासन शाखा
- मन्त्रालय तथा मातहत निकायहरूको समग्र आर्थिक व्यवस्थापन (Financial Management) पारदर्शी, दक्ष, उत्तरदायी तथा प्रभावकारी बनाउन रचनात्मक कार्य गर्ने गराउने।
- मन्त्रालयको साधारण बजेट तर्जुमा गर्ने र विकास बजेट तयारीको लागि योजना तथा समन्वय महाशाखासँग आवश्यक समन्वय गर्ने, गराउने।
- विनियोजन भएको बजेटबाट कार्यक्रम तयार गरी बजेट बाँडफाँट गराई स्वीकृत गर्ने व्यवस्था मिलाउने र खरीद योजना तयार गर्न लगाउने।
- आर्थिक विषयमा शुरू कारबाही गर्ने र राय पेश गर्ने आदेश भएको विषयमा कानुनी परिधिभित्र रही स्पष्ट राय सुझाव दिने, दिन लगाउने।
- कोष तथा लेखा नियन्त्रक कार्यालय र मातहतका कार्यालयहरूबाट प्राप्त सूचनाको आधारमा केन्द्रीय लेखा राख्ने व्यवस्था मिलाउने।
१.३ कानुन तथा फैसला कार्यान्वयन शाखा
- कानुन तथा फैसला कार्यान्वयन शाखाको समग्र कार्यको योजना स्वीकृत गर्ने, निर्देशन दिने र कानुनी परामर्शको नेतृत्व गर्ने।
- मन्त्रिपरिषद्को बैठक तथा संसदमा पेश गर्नुपर्ने प्रशासन तथा नीतिगत निर्णयका विषयहरूमा आवश्यक कानुनी राय, परामर्श र मस्यौदा कार्य सम्पादन गर्ने।
- मन्त्रालयका महाशाखा, अन्तर्गतका विभाग र अन्य निकायबाट कानुनी प्रश्नमा राय माग भै आएमा राय दिने, दिन लगाउने विषयगत कार्यहरू गर्ने।
- मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा अन्य मन्त्रालयबिच सम्पर्क शाखाको रूपमा आवश्यक समन्वय गर्ने, गराउने।
- मन्त्रालयसँग सम्बन्धित जाँचबुझ आयोग तथा विशेष कानुनी समितिहरू सम्बन्धी कार्यहरूको समन्वय गर्ने।